बसको ठक्करबाट अटोरिक्सामा सवार चार जनाको मृत्यु
खबर एक्सप्रेस
२०८२-०७-१७ १०:१९ मा प्रकाशित
Total Shares: 145
जनकपुरधाम - धनुषाको पूर्व पश्चिम राजमार्गमा यात्रुवाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ। धनुषाको उत्तरी क्षेत्र पश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्र बजारमा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एक महिलासहित चार जनाको मृत्यु भएको हो। अन्य दुईजना गम्भीर घाइते भएका हुन्।
मृत्यु हुनेहरुमा गणेशमान चारनाथ नगरपालिका-१ भरतपुरका अन्दाजी ४० वर्षीय रिक्साचालक डम्बर राई, यात्रुहरु स्थानीय अन्दाजी ४० वर्षीय धनबहादु पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीय निशा मगर रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए।

.gif)




फेसबुक पेज Like गर्नुहोस