काठमाडौं - मदन भण्डारी मेमोरियल कलेजबाट पिकनिकका लागि गएको विद्यार्थीको टोली दुर्घटनामा परेका छन् ।

काठमाडौंबाट जाँदै गरेको  बा५ख ४२८६ नम्बरको बस भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार २८ जना घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट रहेकाले थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल ल्याइएको छ । २ जना भक्तपुर अस्पतालमा मा उपचार भइरहेको छ । अन्य घाइतेहरूको  इवामुवारा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।