काठमाडौं - फिल्ममा आफ्नो बोल्ड सिनका कारण सधैँ चर्चामा रहने अभिनेत्री मल्लिका शेरावत लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । उनी चाँडै तुषार कपुरको साथ एकता कपुरको वेब सिरिजमा देखिँदै छिन् ।

केही दिनअघि उनले बलिउडसँग जोडिएको आफ्नो तितो अनुभवलाई बाहिर ल्याइन् । उनले मी टु अभियानको प्रशंसा गर्दै यसलाई ठूलो कदम बताएकी छिन् । 

मल्लिकाले भनेकी छिन्, ‘मी टु एक सकारात्मक अभियान हो । यो एक मजबुत आन्दोलन हो, जो जिम्मेवारीको साथमा आउँछ । यसबाट बलिउडमा पुरुष एकदम डराएका छन् ।

एक सुरक्षित वातावरण प्रत्येक पुरुष र महिलाको अधिकार हो, यसकारण पनि योे एक सही कदम हो ।’ उनले अभिनेताहरूसँग डेट नगरेका कारण आफूले धेरै फिल्म खेल्न नपाएको दाबी पनि गरेकी छिन् ।