प्रधानमन्त्री ओलीद्वारा मधेशको सुक्खा क्षेत्रको अवलोकन, किसानहरूसँग भेट
खबर एक्सप्रेस
२०८२-०४-१० ०४:५५ मा प्रकाशित
Total Shares: 158
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा सुक्खाग्रस्त क्षेत्रको अवलोकन पनि गरेका हुन् ।
नेपाल सरकारको यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईं प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस