इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने
खबर एक्सप्रेस
२०७९-०३-२२ ०१:४८ मा प्रकाशित
Total Shares: 991
काठमाडौं - अनुभवी फरवार्ड जाल्टन इब्राहिमोभिचसँग इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानले थप एक वर्ष सहकार्य गर्ने भएको छ । ४० वर्षीय स्विडिस स्ट्राइकर इब्राहिमोभिच सन् २०२३ सम्म एसि मिलानमै रहने भएका हुन् ।
इब्राहिमोभिच सन् २०२० मा अमेरिकी मेजर सकर लिग क्लब ला ग्यालेक्सीबाट ‘फ्रि ट्रान्सफर’ मा मिलान अनुबन्धित भएका थिए ।
त्यसयता, उनले मिलानबाट ७४ खेलमा ३६ गोल गरेका छन् । यसअघि इब्राहिमोभिचले सन् २०१० देखि २०१२ सम्म मिलानबाट खेलेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस