काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले मिर्गौला पीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ भन्दै टिप्पणी गरेका  छन् । 

कमेडियन आदर्श मिश्राका बुबा विनोद मिश्राको निधनपछि सामाजिक सञ्जालमार्फत् मिश्रले सो टिप्पणी गरेका हुन् । सो घटना एउटा प्रतिनिधि घटना मात्र भएको मिश्रको भनाई छ । 

‘स्ट्याड्अप कमेडियन आदर्श मिश्रले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला, सहेको पीडा र झारेको आँशु एउटा प्रतिनिधि घटनामात्र हो।’ मिश्रले सामाजिक सञ्जालमार्फत् भने, ‘यो देशमा विभिन्न रोगबाट हरेक दिन राज्यको र नीजि भ्रष्टता र अकर्मण्यताका कारण यसैगरि हाम्रा बुबाआमा/दाजुभाइ/दिदीबहिनी जाने गर्छन्।’

उनले स्वास्थ्य आधारभूत मानव अधिकार भएको बताउँदै गुणस्तरीय र निशुल्क बनाउनुपर्ने बताए ।