काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४७४ र एन्टिजेन विधिबाट ७ हजार ८६ जनामा परिक्षण गर्दा  ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ।  

यस्तै, आज थप ३०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१३ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ ।