यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं - हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहने छ। बाँकी भू-भागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति पनि कोसी, बागमती र र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने अनुमान विभागको छ।
कोसी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागको मौसम सफा रहने छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस