ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश
खबर एक्सप्रेस
२०७७-०१-१६ ०६:४७ मा प्रकाशित
Total Shares: 271
काठमाडौं - सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो ।
शाहीका तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । सर्वोच्चले शाहीलाई पक्राउ गरी थुनामा राख्नुको कारण तत्काल पेश गर्न आइतबार सरकारको नाममा आदेश जारी गरेको थियो ।
शाहीलाई लकडाउन उल्लंघन, सामाजिक सञ्जालमा अभद्र टिप्पणीलगायतका आरोपमा वैशाख ९ गते प्रहरीले पक्राउ गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस