काठमाडौं - माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ ।

राम्रो काममा लगाइदिने भनी दिल्ली पुर्‍याइएका काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता  र झापाकी २५ वर्षीया सविनाको उद्धार गरिएको हो ।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्‍याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो ।उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताइन् ।