रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ गम्भीर घाइते
खबर एक्सप्रेस
९ घण्टा अगाडि
Total Shares: 39
रुकुम पश्चिम - रुकुम पश्चिमको बाफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमाना झारमारेमा शुक्रबार दिउँसो भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
खंगलाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप सडकबाट करीब ७०० मिटर तल खसेको हो ।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । हालसम्म आठ जनाको शव फेला परिसकेको छ भने पाँच जना गम्भीर घाइतेहरूलाई अस्पताल लगिएको बताइएको छ ।
दुर्घटनामा चालक टोपजंग बुढा गम्भीर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार जीपमा सिट क्षमताभन्दा बढी यात्रु सवार थिए, जसका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस