प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल जाने
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 28
काठमाडौं-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।
शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की आज वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।
त्यस लगत्तै जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको पनि मृत्यु भएको थियो ।
जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ भने हजारबढी घाइते छन् ।
फेसबुक पेज Like गर्नुहोस