बाढीपहिरो अपडेट : २३९ जनाको मृत्यु, १९ जना बेपत्ता
खबर एक्सप्रेस
२०८१-०६-१८ ०९:१४ मा प्रकाशित
Total Shares: 70
काठमाडौं-हालैको बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
फेसबुक पेज Like गर्नुहोस