पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा
खबर एक्सप्रेस
२०८२-०८-१२ ०६:५९ मा प्रकाशित
Total Shares: 30
काठमाडौं - भेपमार्फत सुन तस्करी प्रकरणमा दोस्रोपटक पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
उच्च अदालत पाटनको आदेश अनुसार उनले बिहीबार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएपछि ३० नम्बर फाँटबाट तारिख लिएर छुटेका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरा उच्च जोखिममा नरहेको, उनको उमेर र स्वास्थ्य अवस्था समेतका कारण धरौटीमा रिहा गर्न सकिने ठहर गरेको थियो।
यसअघि भेपमार्फत सुन तस्करीमा संलग्नताको आरोपमा उनलाई दोस्रोपटक पक्राउ गरिएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस