घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७९-०४-१० १२:२० मा प्रकाशित
Total Shares: 219
काठमाडौं - सुनचाँदीकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।
साेमबार प्रतिताेला ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । साेमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा काराेबार भएकाे थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस