काठमाडौं - साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा १ हजारले बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.gif)


