हेटौँडा - सुस्तःमनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हेटौँडा–११ नवलपुरकी युवतीलाई पैसाको लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको हो ।

हुमागाईंले गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी रु ५० को लोभ देखाएर  बलात्कार गरेको आरोप लागेको छ । सोही आरोपमा हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको  छ ।