काठमाडौं - न्यायालयमाथि उठेका आरोपबारे छलफल गरी निष्कर्षमा पुग्न सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुने ‘फुलकोर्ट’ बैठक बस्ने भएको छ।

प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले सोमबार बिहान ९ बजेका लागि बैठक बोलाएका हुन्। अहिले बैठकको तयारी भइरहेको छ।

बैठकमा न्यायाधीश र बिचौलियाबीचको सम्बन्धबारे उठेका प्रश्नमाथि छलफल हुने बताइएको छ। त्यस विषयमा छानबिन गर्ने लगायतका सम्भावित कदमबारे पनि बैठकले निर्णय लिन सक्नेछ।

यसैबीच, नेपाल बार एसोसिएसनले पनि यही विषयमा आकस्मिक बैठक बोलाएको छ। बारले सल्लाहकार तथा पूर्वपदाधिकारीसँग छलफल गर्न सोमबार अपराह्न ४ बजे बैठक राखेको हो।

बार अध्यक्ष डा। विजयप्रसाद मिश्रले बैठक बोलाइएको जानकारी दिएका छन्।