काठमाडौं - कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत १६ जना विजेता आज सोमबार घोषणा हुने भएका छन्।
आन्तरिक राजस्व विभागका अनुसार अर्थ मन्त्रालयको सुवर्ण हलमा बिहान ९ः३० बजे आयोजना हुने कार्यक्रममा कात्तिक १ देखि १५ गतेसम्मका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेता घोषणा गरिनेछ।
विजेता छनोट प्रक्रियालाई थप आकर्षक बनाउन नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडीलाई सहभागी गराइने विभागले जनाएको छ।
करदातालाई कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत विजेताहरूको नाम आज सार्वजनिक गर्न लागिएको हो।

.gif)


