होटलबाट हामफालेर महिलाद्वारा आत्महत्या
काठमाडौं,जनकपुरधाम - जनकपुरधामको एक होटलबाट महिलाले हाम फालेर आत्महत्या गरेकी छिन् ।
मंगलबार राति श्रीमानसँगै सुतेकी उनले जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी हुन् ।
आत्महत्या गर्नेमा म्याग्दीको तत्कालीन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपाली रहेको बताइएको छ ।
उनले होटलको पाँचौँ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् । उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको थियो ।
यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान् विश्वास सिर्पालीसँगै उनी दुईदिन अगाडि नै जनकपुरधाम आएर उक्त होटलमा बसेको बताइएको छ ।
यता उनका श्रीमान् विश्वास ११ दिनअगाडि मात्र साउदीमा करिब डेढ वर्ष काम गरेर नेपाल आएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस