उपेन्द्र–बाबुराम पक्षको निर्णय अमान्य भन्दै निर्वाचन आयोगलाई ठाकुरको पत्र
काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र–बाबुराम पक्षले गरेका निर्णय मान्य नहुने भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका छन्
आइतबार एक विज्ञप्ति जारी गर्दैै अध्यक्ष ठाकुरले बैठक स्थगित गरेर र सबै सदस्यलाई जानकारी गराइ सकेपछिको अवस्थामा बसेको तथाकथित बैठकप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
अध्यक्ष ठाकुरले आज आफ्ना पक्षका कार्यकारिणी समितिका सदस्यहरुसँग पार्टी कार्यालयमा छलफलसमेत गरेका छन्। शनिबार संघीय परिषद् अध्यक्षद्वय भट्टराई–यादवपक्षको कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ललाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
तर आज अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको त्यस्तो बैठकबाट भएका निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र कांग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हित विपरित गतिविधि गरेको भन्दै उपेन्द्रलाई स्पष्टीकरण सोध्ने आइतबारको छलफलमा निर्णय भएको जनाइएको छ।
फेसबुक पेज Like गर्नुहोस