चिनी उद्योगको मेसिनमा च्यापिएर १९ वर्षीय युवकको मृत्यु
खबर एक्सप्रेस
२०८२-१०-०९ ०३:१२ मा प्रकाशित
Total Shares: 55
सर्लाही - सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर द्दर भएका १९ वर्षीय चुनचुन रायको मृत्यु भएको हो ।
बिहीबार काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस