काठमाडौँ - ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषद्‌सँग सम्झौता गरेको छ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, चिकित्सालयका तर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठ र परिषद्का तर्फबाट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा हस्ताक्षर गरेपछि धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले अस्पतालमा पहिलोपटक जाँच गर्ने ज्येष्ठ नागरिक कार्यक्रमको मूल्याङ्कन सूचक रहेको बताइन्।