विश्वकप छनोटमा आज कुवेतविरुद्ध खेल्दै नेपाल
काठमाडौं - आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा सुरु हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।
टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको छ । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।
सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
छनोटअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक नतिजाबाट टोलीको मनोबल उच्च रहेको बताए ।
उनले शृंखलाको नतिजा ऐतिहासिक रहे पनि छनोटमा शून्यबाट सुरु गर्नुपर्ने बताउँदै आफूहरू त्यसका निम्ति तयार रहेको समेत बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस