फेरि बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७६-१२-०३ ११:१३ मा प्रकाशित
Total Shares: 306
काठमाडौं - साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आज प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
आइतबार ७७ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला ७७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । आइतबार ७६ हजार ७ सय रुपैयाँ पुगेको तेजावी सुन आज तोलामा ७७ हजार दुई सय रुपैयाँ तोकिएको छ ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी आइतबारकै मूल्य ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस