एकैदिन २० हजार पाँच सयले बढ्यो सुन, तोलामा कति पुग्यो ?
खबर एक्सप्रेस
२०८२-१०-१५ ११:१८ मा प्रकाशित
Total Shares: 49
काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस