स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको ठहर
खबर एक्सप्रेस
२०७७-०९-०३ ०३:२९ मा प्रकाशित
Total Shares: 378
काठमाडौं - संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।
आजको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए । उनले आफ्नो नियत खराब नभएको भन्दै अनियमितितामा संलग्नलाई कारबाहीका लागि आफ्नो पनि साथ रहने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस