मिराज ढुंगाना समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै
काठमाडौं - मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।
ढुंगानासहितको उक्त समूह ज्ञापनपत्र बुझाउन दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जान लागेको हो ।
ढुंगानाले भने- ‘सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि हुन थाले । यो आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका हौं ।’
हाल सरकारमा रहेकाहरुले जेनजी आन्दोलनको मर्मविपरीतका गतिविधि गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले बताए।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै तीन जेनजी समूहले विज्ञप्ति जारी गरेका थिए ।
तर ,प्रधानमन्त्री सचिवालयले कर्मचारी नियुक्तिको विषयमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई अनावश्यक रूपमा जोडेको प्रष्टीकरण दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस