काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । 

सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा शनिबार बिहान ओलि पक्राउ परेका थिए ।

तर ओलीलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी राधिकाले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।

अदालतले आज नछोडेपछि ओलीलाई हिरासतमै राखेर प्रहरीले अनुसन्धान गर्न सक्ने भएको छ ।

यता ओलीसंगै पक्राउ परेका तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि समेत बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ भइसकेको छ ।

लेखकको बन्दीप्रत्येक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरिएको छ ।

यसअघि, जिल्ला अदालत, काठमाडौंले दुवैलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।