सिटीका स्ट्रर्लिङ चेल्सी पुगे
खबर एक्सप्रेस
२०७९-०३-३० ०७:५५ मा प्रकाशित
Total Shares: 306
काठमाडौं - इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् ।
इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बुधबार चेल्सी अनुबन्ध भएको जनाएको छ । बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए । चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगर सम्झौता एक वर्ष बाँकी रहदै चेल्सी पुगेका हुन् ।
सन् २०१५ मा स्ट्रर्लिङ लिभरपुलबाट सिटी आएका थिए । सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस