माधव नेपाल निकट विद्यार्थी नेताले दिए नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षका एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्। उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन्। पार्टीको चुनाव चिह्न कलम राखिएको छ ।
वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।
शनिबार बसेको एमालेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको थियो । एमालेको आन्तरिक विवाद हाल उच्च विन्दुमा पुगेको छ । सरकार हटाउने खेलमा लागेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता खनाल र नेपालसहित ११ जनालाई स्पष्टिकरणसमेत सोधेका छन्।
फेसबुक पेज Like गर्नुहोस