नेपाल दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा
काठमाडौं - नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।
कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार नेपाल संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्ड अनुरुप आवश्यकता र उत्पादनको अवस्थामा पुगेपछि आत्मनिर्भर घोषणा गरिएको हो ।
तर, दूधमा आत्मनिर्भर हुनका लागि अन्तराष्ट्रिय मापदण्डअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अझै अपुग रहेको छ । अर्थात् नेपालमा प्रतिव्यक्ति ७९ लिटरमात्र उपलब्ध छ ।
यता, प्रत्येक नेपालीलाई प्रतिवर्ष आवश्यक पर्ने ४८ वटा अण्डामध्ये नेपालको उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो आवश्यक पर्नेमा नेपालको उत्पादन १८ किलोसम्म रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस