एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु
काठमाडौं - नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा गएका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु गरेको छ।
सोमबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा अभियानको शुभारम्भ गरे।
कार्यक्रमका बीच अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) परित्याग गरी एमालेमा फर्किएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै पुनः स्वागत गरे।
सो अवसरमा झाँक्री र श्रेष्ठले प्रतीकात्मक रूपमा समाजवादी पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाएका थिए।
एमालेले सुरु गरेको यो अभियानलाई ‘घर फर्क राष्ट्रिय अभियान’ नाम दिइएको छ, जसअन्तर्गत विगतमा पार्टी छाडेका पुराना नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउने लक्ष्य लिइएको छ।
अध्यक्ष ओलीले कार्यक्रममा सम्बोधन गर्दै भने,’एमाले घर फर्कनेहरूका लागि सधैं खुला छ। सिद्धान्त र देशको हितको बाटो एमालेको बाटो हो।’
उक्त कार्यक्रममा एक सय तीस जना जेन–जी समूहका नेता तथा कार्यकर्ता पनि औपचारिक रूपमा एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष ओलीसहित वरिष्ठ नेताहरूले स्वागत गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस