काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताएका छन् ।

सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताउँदै उनले सरकारका साथै निजी क्षेत्रले समेत ऊर्जा उत्पादन गरेकै कारण लोडसेडिङको समस्या भोग्नु नपरेको बताए ।

मंगलबार काठमाडौंमा इप्पानको २३ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए।