काठमाडौं - भारतको मध्य प्रदेश राज्यको भोपाल शहरमा रहेको खटलापुरा घाटमा डुंगा पल्टिदाँ ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गणेश विसर्जनको क्रममा डुंगा पल्टिएको हो ।

प्रत्यक्षीदर्शीका अनुसार डुंगामा २०(२५ जना व्यक्ति सवार थिए। प्रहरीका अनुसार यसलाई नै सही तथ्याङकका रूपमा मानेको छैन।

मूर्ति विर्सजनमा गएका परिवारका सदस्यहरू सम्पर्कमा नआएमा खबर गर्न अनुरोध गरेको छ। ज्यान गुमाउनेमा पिपलानी १०० क्वार्टरका मानिसहरू रहेका छन्।

प्रत्यक्षदर्शीका अनुसार गणेशको प्रतिमा निकै ठूलो थियो। प्रतिमालाई नदीमा विसर्जन गर्नेबित्तिकै डुंगा असन्तुलन भएर पल्टिएको थियो। दुर्घटनालगत्तै राज्य विपद् प्रतिक्रिया कोष ९एसडिआरएफ० को टिम गोताखोर र प्रहरीको टिम पुगेको थियो।