काठमाडौं - चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु हुँदै छ ।

२१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।

शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ । त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन बिहीबार राति नै सौराहा आइसकेका छन् ।

रास्वपाले बिहीबार सौराहामा पत्रकार सम्मेलन आयोजना गरी बैठकको तयारी पूरा भएको जनाएको छ ।

बैठकको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन् । सो बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा। स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको मस्यौदा पेस गर्नेछन् ।