काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ५ सयले बढेर ७७ हजार रुपैयाँमा कारोबार भइरहेको हाे । यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.gif)


