आज काठमाडौंमा निर्वाचन केन्द्रित जनप्रदर्शन गर्दै एमाले
खबर एक्सप्रेस
२०८२-१०-०५ १०:१८ मा प्रकाशित
Total Shares: 58
काठमाडौं - नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दैछ ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन हुन लागेको हो ।
भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादीमा पुगेर जनसभामा परिणत हुने बताइएको छ ।
मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने बताइएको छ।
एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस