जनकपुरधाम - मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिलाई लिएर सांसद सर्वोच्च अदालतमा रिट हाल्ने तयारीमा छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता, माओवादी केन्द्र संसदीय दलका उपनेता, लोसपा संसदीय दलका नेताहरु संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध रिट हाल्न सर्वोच्च पुगेका छन् ।