जनकपुरधाम - जनकपुरकी ११ वर्षीया कंचन कुमारी पंजियारको बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंह रहेको धनुषा प्रहरीले जनाएको छ।

बुधबार स्थानीय विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन स्थानीय आँप बगैँचामा भैँसी चाराउन गएकी थिइन्। सोहि बेला चौधरी र मिश्र इन्ड्रष्टिजमा काम गर्ने सिंहले आँप दिने लोभनमा फकाइ आँप बगैँचामा लगि बालिकाको मुख थुनेर बलात्कार अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेर हत्या गरेको कंचनको शवलाई सिंहले आफूले प्रयोग गर्दै आएको बल्यान्केटमा बेरी शुक्रवार बिहान ३ बजेको समयमा दुधमति नदीको पश्चिम साईडको डिलमा रहेको सिकटको झाडीमा फालेको र शव भन्दा ५० मिटर पश्चिम दिलिप चौधरीको धानबाली खेतमा माटोले पुरीएको अवस्थामा फेला परेको थियो ।

शुक्रबार दिउँसो कञ्चनको शव नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो। घटना पश्चात प्रहरीले एक अघोरी बाबासहित १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीले सिंहलाई आइतवार नियन्त्रणमा लिएको थियो ।सिंहले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।