नेपाली सेनाका सहायक रथी केसीको कोरोनाबाट निधन
खबर एक्सप्रेस
२०७८-०२-१३ १०:०९ मा प्रकाशित
Total Shares: 265
काठमाडौं - नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।
छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत केसीको बिहीबार बिहान निधन भएको सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । करिब एक महिनाअघि देखि उपचाररत संक्रमित केसीलाई केही दिन अघि भेन्टिलेटरमा राखिएको थियो ।
केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । काठमाडौंको न्युरोड घर भएका केसीका श्रीमती र दुई छोरी छन्।
फेसबुक पेज Like गर्नुहोस