चितवन मेडिकल कलेजमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु
काठमाडौं, भरतपुर - कोरोना भाइरसका कारण चितवनमा मंगलबार साँझ थप दुई जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३० बजे मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको मंगलबार साँझ ६ बजे नै कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।
त्यसैगरी मंगलबार साँझ नै पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय अर्का एक जना पुरुषको मृत्यु भएको छ ।
असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष मंगलबार साँझ ६ बजे अस्पताल पुगेका थिए । श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मंगलबार साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस