एमाले निर्वाचनबाट भाग्ने दल होइन : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्ने अवस्था नभएको स्पष्ट पारेका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीस्थित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले एमालेको क्षमता बहुमत ल्याउने खालको भएको बताएका हुन् ।
अध्यक्ष ओलीले भने- ‘डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा एमाले चुनावबाट भाग्दैन। तर अहिले देशमा चुनाव गर्नुपर्ने वातावरण छैन । निर्वाचनको कुरा मात्रै चलिरहेको छ, तर चुनाव हुने अवस्था छैन ।’
उनले वर्तमान सरकारले निर्वाचन गराउने दिशामा कुनै काम नगरेको र जनतालाई लोकतान्त्रिक प्रक्रिया अनुसार मतदानको स्वतन्त्रता उपलब्ध गराउन असफल भएको पनि औँल्याए ।
ओलीले प्रतिनिधि सभा तुरुन्त पुनःस्थापना हुनुपर्ने स्पष्ट माग राख्दै, संविधान र लोकतन्त्रको मार्गमा मुलुक फर्किनुपर्ने जिकिर गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस