काठमाडौं - बलिउड अभिनेत्री कंगना रनावतले अयोध्या राम मन्दिरमा आधारित रहेर फिल्म बनाउने भएकी हुन् । 

भारतीय सञ्चारमाध्यम हिन्दी डट न्युज ट्वान्टी फो अनलाइनका अनुसार फिल्म कंगना रनावतको प्रोडक्सन हाउसले बनाउनेछ । 

कंगनाको प्रोडक्शन हाउसको पहिलो फिल्म राम मन्दिरमा आधारित हुनेछ । जसको नाम ‘अपराजित अयोध्या’ हुनेछ । भारतको सुप्रीम कोर्टले केही दिनअघि मात्र अयोध्या विवादबारे फैसला सुनाएको थियो । जसलाई अधिकांश भारतीयहरूले स्वागतयोग्य भनेका छन् । 

अब कंगनाले यसै मुद्दालाई लिएरस फिल्म बनाउने पूरा तयारी गरेकी छन् । बताइएअनुसार आगामी वर्ष सिनेमाघरमा उक्त फिल्म हेर्न पाइनेछ ।