धरौटी बदरकाे माग गर्दै रवि उच्च अदालतमा
खबर एक्सप्रेस
२०७६-०५-१७ ११:०० मा प्रकाशित
Total Shares: 643
काठमाडौं - रवि लामिछाने उच्च अदालत हेटौँडा पुगेका छन् । जिल्ला अदालत चितवनले धरौटीमा छाड्न आदेश दिएको माग बदर गर्न माग गर्दै उच्च अदालत गएका हुन् ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख धरौटिमा छाड्न आदेश दिएको थियो ।
लामिछानेले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।
उनको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस