काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास जाने भएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाह दिउँसो ३ बजे राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जान लागेका हुन् ।
भारतको दुईदिने राजकीय भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई भ्रमणबारे ब्रिफिङ गर्न लागेका हुन् । प्रधानमन्त्री शाह गत मंसिर ६ गते भारत भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री शाह राष्ट्रपति भेट्न जाने तयारी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने राष्ट्रपति पौडेलसँग भेटवार्तामा छन् ।
भारत भ्रमणअघि र भ्रमणबाट फर्किएपछि राष्ट्रपतिसँग परामर्श नगरेको भन्दै प्रधानमन्त्री शाहको आलोचना भइरहेका बेला हुन लागेको यो भेटलाई चासोका साथ हेरिएको छ ।
यसअघि बिहीबार मात्रै प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको थियो । त्यसको भोलिपल्ट दुवै नेता राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुग्न लागेका हुन् ।

.gif)


