सिरहा । ठगीसम्बन्धी मुद्दामा फरार रहेका पूर्वमाओवादी सांसद दिलिप साहका छोरा सन्तुलनकुमार यादव पक्राउ परेका छन्।

सिरहाको मिर्चैया नगरपालिका–६ निवासी २७ वर्षीय यादवलाई प्रहरीले मंसिर ६ गते राति कटारी चोकबाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार यादव ठगीसम्बन्धी मुद्दामा फरार प्रतिवादीका रूपमा रहेका थिए। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवका बुवा दिलिप साह २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी० बाट सभासद् निर्वाचित भएका थिए। उनी हाल नेपाली कम्युनिस्ट पार्टीसँग आबद्ध छन्।