काठमाडौं - सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ।

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित परिषद्को सचिवालयमा बैठक बसेको हो।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र गृहमन्त्री सुधन गुरुङ सहभागी छन्।

त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा सचिव इन्दु घिमिरेलगायत सहभागी छन्।

 प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।