'सीमा विवादले नेपाल–भारत सम्बन्ध चिसिएको छैन'
काठमाडौं - नेपाल र भारतबीच उत्पन्न सीमा विवादले दुई देशको सम्बन्धमा असर नपारेको परराष्ट्र मन्त्रालयले दावी गरेको छ ।
नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्र, सुस्तालगायत विभिन्न क्षेत्रको सीमा भारतले मिचेको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध चिसिएको एक थरी विश्लेषण आइरहँदा परराष्ट्र मन्त्रालयले त्यो सत्य नभएको प्रस्टाएको हो ।
मन्त्रालयले सोमवार आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सीमा समस्याभन्दा पर विकासको सम्बन्ध भारतसँग अहिले मौलाइरहेको जनाएको हो ।
सीमाकै सम्बन्धमा देशभित्र एक प्रकारको राष्ट्रिय एकताको विकास हुनु अभूतपूर्व सफलता रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस