काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा ११ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ६६६ जना र ३ हजार ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १४ संक्रमितले ज्यान गुमाएका छन् ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या २७ हजार ४४१ रहेको छ ।

.gif)



